पर्सा– पर्सामा १०५ किलो गाँजासहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।
लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा सोमबार राति खटिएको प्रहरी टोलीले भारतको जिल्ला बेतीया ग्राम उजहरु परजिलवा भांगाहका ५० वर्षीय सउरु चौधरीलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय पटेर्वा र ठोरीबाट खटिएको संयुक्त टोलीले पटेर्वा गाउँपालिका ३ सोनवर्षाबाट उनलाई नियन्त्रणमा लिएको हो ।
शंकाष्पद रुपमा बोरा बोकेर हिँडिरहेका बेला नियन्त्रणमा लिएर चेकजाँच गर्दा चौधरीले बोकेको बोरामा गाँजा भेटिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।