हेटौंडा– मकवानपुरको बागमती गाउँपालिका –०९ बेतिनी अगौटेबाट एक थान पेस्तोल र उक्त पेस्तोलको म्यागजिन बरामद गरिएको छ ।
बागमती गाउँपालिका –०९ बेतिनी अगौटेस्थित एक घरमा पेस्तोल लुकाएर राखिएको विशेष सूचनाका आधारमा सोमबार चेकजाँच गरिएको थियो ।
चेकजाँचका क्रममा अगौटे बस्ने १९ वर्षीय टेकबहादुर सिङतानको घरबाट पेस्तोल बरामद भएको हो ।
बालुवा–सिमेन्टले बनेको जस्ताले छाएको दुईतले घरको माथिल्लो तलाको चोटामा रहेको जेब्रा झोलाभित्र रातो टी–सर्टले बेरेर रातो प्लास्टिकमा लुकाइराखेको अवस्थामा ‘No. 017110’ लेखिएको एउटा पेस्तोल र उक्त पेस्तोलको एउटा म्यागजिन बरामद गरिएको हो ।
उक्त घटना सम्बन्धमा जिल्ला मकवानपुर, बागमती गाउँपालिका –०९ बेतिनी अगौटे बस्ने १९ वर्षीय टेकबहादुर सिङतानलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।