सिड्नी- अस्ट्रेलियाली सरकारले रोहिङ्ग्या जातीय समूहमाथि बर्बर हिंसा मच्चाएको आरोपमा म्यान्मारका पाँचजना उच्च सैनिक अधिकृतका बिरुद्ध मङ्गलबार प्रतिबन्ध घोषणा गरेको छ।
_x000D_
_x000D_
संयुक्त राज्य अमेरिका र युरोपेली युनियनले झैं अस्ट्रेलियाले पाँचै अधिकृतको सम्पत्ति रोक्का गर्ने घोषणा गरेको हो। अस्ट्रेलियाका विदेशमन्त्री मराइज पेनले रोहिङ्ग्या मुद्दामा मुख्य रुपमा दोषी ठहर गरिएका अधिकृतहरुमा आङ क्या जा, माउङ माउङ सो, आङ आङ, थान ऊ र खिन माउङ सो रहेको जानकारी दिए।
_x000D_
_x000D_
ती पाँचैजना अधिकृतलाई अस्ट्रेलिया भ्रमण गर्न पनि निषेध गरिएको छ। यीमध्ये केही अधिकृतले सैनिक सेवाबाट अवकाश पाइसकेका छन्। म्यान्मारको दक्षिणपश्चिम रखाइन राज्यबाट सन् २०१६ मा म्यान्मारको सेनाले करिब सात लाख रोहिङ्ग्यालाई देश छाड्न बाध्य बनाएको थियो। यसक्रममा सेनाले धेरैलाई गैरन्यायिक हत्या गर्नुका साथै बलात्कार र गाउँमा आगजनी गरेको थियो।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।