• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

फुटबल स्टार मेस्सीका पिता जर्जको ६८ वर्षको उमेरमा निधन

64x64
नेपाल लाइभ शनिबार, साउन २३, २०८३  १८:४१
1140x725

काठमाडौं– अर्जेन्टिना तथा एफसी बार्सिलोनाका महान् फुटबलर लियोनल मेस्सीका पिता जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन भएको छ।

अर्जेन्टिना र स्पेनका विभिन्न सञ्चारमाध्यमले जनाएअनुसार जर्जको शुक्रबार राति करिब १० बजे अर्जेन्टिनाको आफ्नो गृहशहर रोसारियोमा निधन भएको हो।

जर्ज लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका थिए। विश्वकपका क्रममा पनि उनको स्वास्थ्य अवस्थाबारे विभिन्न समाचार सार्वजनिक भएका थिए। त्यतिबेला अर्जेन्टिना फाइनलसम्म पुगेको थियो।

जर्ज मेस्सी केवल लियोनल मेस्सीका पिता मात्र थिएनन्, उनी मेस्सीको फुटबल यात्राका महत्वपूर्ण व्यक्ति पनि थिए। मेस्सी सानै उमेरदेखि फुटबलमा अघि बढ्दा जर्जले उनको प्रशिक्षण, करियर र व्यावसायिक यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

रोसारियोमा हुर्किएका मेस्सीलाई बाल्यकालमै फुटबलतर्फ अघि बढाउन जर्जको ठूलो योगदान थियो। मेस्सी चार वर्षको उमेरमा स्थानीय क्लब ग्रान्डोलीमा खेल्न थालेका थिए, जहाँ उनका पिता स्वयं उनको प्रशिक्षणसँग जोडिएका थिए। 

मेस्सीलाई करिब १० वर्षको उमेरमा ग्रोथ हर्मोनसम्बन्धी समस्या देखिएपछि उनको उपचार खर्च परिवारका लागि ठूलो चुनौती बनेको थियो। त्यसपछि मेस्सीको फुटबल करियरलाई अगाडि बढाउने क्रममा जर्जले महत्वपूर्ण भूमिका खेले। अन्ततः १३ वर्षको उमेरमा मेस्सी स्पेन पुगे र बार्सिलोनाको एकेडेमी ला मासियामा प्रवेश गरे।

त्यसपछि मेस्सी विश्व फुटबलकै महान् खेलाडीमध्ये एक बने। बार्सिलोनादेखि पेरिस सेन्ट जर्मेन, इन्टर मियामी र अर्जेन्टिना राष्ट्रिय टोलीसम्मको यात्रामा जर्ज उनको प्रतिनिधि तथा व्यावसायिक मामिलाका प्रमुख व्यक्ति बनेर साथमा रहे।

विशेषगरी मेस्सीका अनुबन्ध, व्यावसायिक सम्झौता, इमेज राइट्स तथा विभिन्न व्यवसायिक गतिविधिमा जर्जको महत्वपूर्ण भूमिका थियो।

Ncell 2
Ncell 2
nimb
nimb

विश्वकपकै क्रममा पनि छाएको थियो जर्जको स्वास्थ्यको खबर

सन् २०२६ को विश्वकपका क्रममा जर्ज मेस्सीको स्वास्थ्यलाई लिएर विश्वभर चर्चा भएको थियो। अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले हराएको खेलमा मेस्सीले ह्याट्रिक गरेका थिए। पहिलो गोल गरेपछि मेस्सी भावुक हुँदै आँसु पुछेको दृश्य विश्वभर चर्चित बनेको थियो।

खेलपछि मेस्सीले आफू केही कठिन व्यक्तिगत अवस्थाबाट गुज्रिरहेको र आफ्नो भावुकता फुटबलसँग सम्बन्धित नभएको बताएका थिए। त्यसपछि उनका पिता जर्जको स्वास्थ्यबारे विभिन्न अड्कलबाजी सुरु भएको थियो।

त्यस समयमा मेस्सी परिवारले जर्ज स्वास्थ्य समस्याबाट गुज्रिरहेको र चिकित्सकीय निगरानीमा उपचार भइरहेको पुष्टि गरेको थियो। परिवारले उनको स्वास्थ्यमा सुधार भइरहेको जनाएको थियो भने अपुष्ट समाचार तथा अनुमानप्रति आपत्ति जनाउँदै गोपनीयताको सम्मान गर्न आग्रह गरेको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसै क्रममा जर्जको निधन भएको भन्दै एउटा गलत खबरसमेत सार्वजनिक भएको थियो। अर्जेन्टिनाकी टेलिभिजन प्रस्तोता फ्लोरेन्सिया पेञाले प्रत्यक्ष प्रसारणमै जर्जको निधन भएको गलत सूचना दिएकी थिइन्। पछि मेस्सी परिवारले उनी जीवित रहेको स्पष्ट पारेपछि उक्त समाचार गलत सावित भएको थियो। घटनापछि प्रस्तोताले माफी माग्दै कार्यक्रमबाट अलग भएकी थिइन्।

तर अहिले, करिब दुई महिनापछि, जर्ज मेस्सीको निधन भएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन्। Goal.com लगायतका रिपोर्टअनुसार उनले ६८ वर्षको उमेरमा अन्तिम श्वास फेरेका हुन्।

लियोनल मेस्सीको विश्व फुटबल यात्रामा पर्दापछाडिबाट निरन्तर साथ दिने व्यक्तिका रूपमा जर्जको भूमिका विशेष मानिन्छ। छोरालाई बाल्यकालदेखि विश्व फुटबलको सर्वोच्च उचाइसम्म पुर्‍याउने यात्रामा उनले खेलेको भूमिकालाई मेस्सीको सफलताको महत्वपूर्ण आधारका रूपमा हेर्ने गरिन्छ।

जर्जको निधनसँगै मेस्सी परिवारले आफ्नो जीवनकै महत्वपूर्ण अभिभावक तथा व्यावसायिक सहयोगी गुमाएको छ।

प्रकाशित मिति: शनिबार, साउन २३, २०८३  १८:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ?
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित
सम्बन्धित सामग्री
सन्न्यासपछि मेसीको २ गोल लिओनल मेसीले दुई गोल गरेपछि इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा आइतबार बिहान डीसी युनाइटेडलाई ४–० ले पराजित गरेको छ। आइतबार, असोज २५, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। बिहीबार, असोज २२, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्