• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

फुटबल स्टार मेस्सीका पिता जर्जको ६८ वर्षको उमेरमा निधन

64x64
नेपाल लाइभ शनिबार, साउन २३, २०८३  १८:४१
1140x725

काठमाडौं– अर्जेन्टिना तथा एफसी बार्सिलोनाका महान् फुटबलर लियोनल मेस्सीका पिता जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन भएको छ।

अर्जेन्टिना र स्पेनका विभिन्न सञ्चारमाध्यमले जनाएअनुसार जर्जको शुक्रबार राति करिब १० बजे अर्जेन्टिनाको आफ्नो गृहशहर रोसारियोमा निधन भएको हो।

जर्ज लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका थिए। विश्वकपका क्रममा पनि उनको स्वास्थ्य अवस्थाबारे विभिन्न समाचार सार्वजनिक भएका थिए। त्यतिबेला अर्जेन्टिना फाइनलसम्म पुगेको थियो।

जर्ज मेस्सी केवल लियोनल मेस्सीका पिता मात्र थिएनन्, उनी मेस्सीको फुटबल यात्राका महत्वपूर्ण व्यक्ति पनि थिए। मेस्सी सानै उमेरदेखि फुटबलमा अघि बढ्दा जर्जले उनको प्रशिक्षण, करियर र व्यावसायिक यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

रोसारियोमा हुर्किएका मेस्सीलाई बाल्यकालमै फुटबलतर्फ अघि बढाउन जर्जको ठूलो योगदान थियो। मेस्सी चार वर्षको उमेरमा स्थानीय क्लब ग्रान्डोलीमा खेल्न थालेका थिए, जहाँ उनका पिता स्वयं उनको प्रशिक्षणसँग जोडिएका थिए। 

मेस्सीलाई करिब १० वर्षको उमेरमा ग्रोथ हर्मोनसम्बन्धी समस्या देखिएपछि उनको उपचार खर्च परिवारका लागि ठूलो चुनौती बनेको थियो। त्यसपछि मेस्सीको फुटबल करियरलाई अगाडि बढाउने क्रममा जर्जले महत्वपूर्ण भूमिका खेले। अन्ततः १३ वर्षको उमेरमा मेस्सी स्पेन पुगे र बार्सिलोनाको एकेडेमी ला मासियामा प्रवेश गरे।

त्यसपछि मेस्सी विश्व फुटबलकै महान् खेलाडीमध्ये एक बने। बार्सिलोनादेखि पेरिस सेन्ट जर्मेन, इन्टर मियामी र अर्जेन्टिना राष्ट्रिय टोलीसम्मको यात्रामा जर्ज उनको प्रतिनिधि तथा व्यावसायिक मामिलाका प्रमुख व्यक्ति बनेर साथमा रहे।

विशेषगरी मेस्सीका अनुबन्ध, व्यावसायिक सम्झौता, इमेज राइट्स तथा विभिन्न व्यवसायिक गतिविधिमा जर्जको महत्वपूर्ण भूमिका थियो।

Ncell 2
Ncell 2
nimb
nimb

विश्वकपकै क्रममा पनि छाएको थियो जर्जको स्वास्थ्यको खबर

सन् २०२६ को विश्वकपका क्रममा जर्ज मेस्सीको स्वास्थ्यलाई लिएर विश्वभर चर्चा भएको थियो। अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले हराएको खेलमा मेस्सीले ह्याट्रिक गरेका थिए। पहिलो गोल गरेपछि मेस्सी भावुक हुँदै आँसु पुछेको दृश्य विश्वभर चर्चित बनेको थियो।

खेलपछि मेस्सीले आफू केही कठिन व्यक्तिगत अवस्थाबाट गुज्रिरहेको र आफ्नो भावुकता फुटबलसँग सम्बन्धित नभएको बताएका थिए। त्यसपछि उनका पिता जर्जको स्वास्थ्यबारे विभिन्न अड्कलबाजी सुरु भएको थियो।

त्यस समयमा मेस्सी परिवारले जर्ज स्वास्थ्य समस्याबाट गुज्रिरहेको र चिकित्सकीय निगरानीमा उपचार भइरहेको पुष्टि गरेको थियो। परिवारले उनको स्वास्थ्यमा सुधार भइरहेको जनाएको थियो भने अपुष्ट समाचार तथा अनुमानप्रति आपत्ति जनाउँदै गोपनीयताको सम्मान गर्न आग्रह गरेको थियो।

Xtrem

Xtrem

त्यसै क्रममा जर्जको निधन भएको भन्दै एउटा गलत खबरसमेत सार्वजनिक भएको थियो। अर्जेन्टिनाकी टेलिभिजन प्रस्तोता फ्लोरेन्सिया पेञाले प्रत्यक्ष प्रसारणमै जर्जको निधन भएको गलत सूचना दिएकी थिइन्। पछि मेस्सी परिवारले उनी जीवित रहेको स्पष्ट पारेपछि उक्त समाचार गलत सावित भएको थियो। घटनापछि प्रस्तोताले माफी माग्दै कार्यक्रमबाट अलग भएकी थिइन्।

तर अहिले, करिब दुई महिनापछि, जर्ज मेस्सीको निधन भएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन्। Goal.com लगायतका रिपोर्टअनुसार उनले ६८ वर्षको उमेरमा अन्तिम श्वास फेरेका हुन्।

लियोनल मेस्सीको विश्व फुटबल यात्रामा पर्दापछाडिबाट निरन्तर साथ दिने व्यक्तिका रूपमा जर्जको भूमिका विशेष मानिन्छ। छोरालाई बाल्यकालदेखि विश्व फुटबलको सर्वोच्च उचाइसम्म पुर्‍याउने यात्रामा उनले खेलेको भूमिकालाई मेस्सीको सफलताको महत्वपूर्ण आधारका रूपमा हेर्ने गरिन्छ।

जर्जको निधनसँगै मेस्सी परिवारले आफ्नो जीवनकै महत्वपूर्ण अभिभावक तथा व्यावसायिक सहयोगी गुमाएको छ।

प्रकाशित मिति: शनिबार, साउन २३, २०८३  १८:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द
आज विदेशी मुद्राको विनिमय दर कति ?
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
सम्बन्धित सामग्री
इंग्ल्यान्डमाथि स्पेनको पुनरागमन जित विश्वकप विजेता स्पेनले शनिबार इंग्ल्यान्डलाई ३–२ ले पराजित गर्दै नेसन्स लिगमा विजयी सुरुआत गरेको छ। आइतबार, असोज ११, २०८३
गाक्पोको गोलमा हारबाट जोगियो नेदरल्यान्ड्स नेदरल्यान्ड्सका कोडी गाक्पोले इन्जुरी टाइममा गोल गरेपछि नेदरल्यान्ड्सले नेसन्स लिगको समूह ‘ए२’ को पहिलो खेलमा जर्मनीसँग १–१ को बराबर... शुक्रबार, असोज ९, २०८३
सिटीको विजयी यात्रा कायमै, युनाइटेड हारबाट जोगियो म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ५–३ ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगमा सिजनको आफ्नो शतप्रतिशत विजयी सुरुआतलाई पाँच खेलसम्म काय... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द सोमबार, असोज १२, २०८३
आज विदेशी मुद्राको विनिमय दर कति ? सोमबार, असोज १२, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै सोमबार, असोज १२, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्