चितवन – चितवनको मुग्लिन बजारबाट २० किलो चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–११ बस्ने ४१ वर्षीय मोहन गोले र ३९ वर्षीय भीमबहादुर स्याङ्तान रहेका छन् ।
बाटोमा हिँडिरहेको अवस्थामा गएराति एक बजे उनीहरुको साथबाट प्रहरीले ४० वटा पोकामा रहेको २० किलो चरेस बरामद गरेको चितवन प्रहरीले जनएको छ ।
उनीहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मुग्लिनमा राखिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।