काठमाडौं– सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नियुक्त गरेको प्रवक्ता सस्मित पोखरेलले बताए ।
डा केसी त्रिभुवन विश्वविद्यालयबाट रेक्टर पदबाट राजीनामा दिएका थिए । रास्वपा सरकारले पुराना नियुक्ति खारेजी गर्ने भएपछि राजीनामा दिएका थिए ।
उनका अनुसार सचिव पदमा प्राडा रोजि श्रेष्ठ नियुक्त भएकी छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।