भक्तपुर– प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेर रातिदेखि हिरासतमा राखेको छ । हिजो दिउँसो पत्रकार सम्मेलन गरेर प्रसाईंले आन्दोलन गर्ने घोषणा गरेका थिए ।
राति १० बजे भक्तपुर प्रहरीको टोली उनलाई पक्राउ गर्न निकोसेरास्थित निवास पुगेको थियो । भक्तपुर प्रहरीका एसपी सूर्य खड्काले सार्वजनिक शान्ति सुरक्षाको कसुरमा प्रसाईंलाई पक्राउ गरिएको बताए ।
शान्ति सुरक्षा खलबल्याएको आरोपमा प्रसाईं यसअघि पनि पटकपटक पक्राउ पर्दै छुट्दै आएका छन् । प्रहरीले प्रसाईंलाई आज अदालतबाट म्याद थपेर अनुसन्धान जारी राख्ने बताएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।