• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

पूर्वमन्त्री अच्युतराज रेग्मीका दुई कृति ‘जीवन र विचार’ र ‘अतीतमा अच्युत’ उपाध्यायको हातबाट गरियो बिमोचन

64x64
नेपाल लाइभ बिहीबार, साउन १४, २०८३  १७:००
1140x725

काठमाडौं । नेपालका वरिष्ठ लोकतान्त्रिक नेता, पूर्वमन्त्री तथा पूर्वसांसद अच्युतराज रेग्मीका दुई महत्त्वपूर्ण कृति ‘जीवन र विचार’ र ‘अतीतमा अच्युत’ एक विशेष समारोहबीच काठमाडौंमा लोकार्पण गरिएको छ।

दुवै कृति योग प्रसाद उपाध्यायले लोर्कापण गरेका हुन्। उपाध्याय पूर्व मन्त्री तथा कुटनितिज्ञ हुन्। गत वर्ष ९७ वर्षको उमेरमा अस्ट्रेलियामा स्वर्गीय भएका रेग्मीको पहिलो वार्षिक पुण्यतिथिको अवसर पारेर परिवारले उनका अधुरा सपना पूरा गर्दै दुवै पुस्तक सार्वजनिक गरेको हो।

‘जीवन र विचार’ रेग्मीको आत्मवृत्तान्त हो, जसमा उनले आफ्नो राजनीतिक यात्रा, लोकतान्त्रिक आन्दोलन, संघर्ष र जीवनका विभिन्न अनुभवलाई समेटेका छन्।

‘अतीतमा अच्युत’ भने उनीसँग २००३ सालदेखि २०७५ साल सम्म काम गरेका विद्धानपय आफ्नो विचार हो । उनीहरु सबै लब्धप्रतिष्ठित व्यक्तिहरु हुन्।

उनको व्यक्तित्व, योगदान र विचारमाथि दुई दर्जनभन्दा बढी लेखकले लेखेका संस्मरण, विश्लेषण र लेखहरूको संग्रह हो। उल्लेखनीय कुरा, रेग्मीले ९३ वर्षको उमेरदेखि लेखन सुरु गरी ९६ वर्ष पुग्दा यी कृतिको लेखन पूरा गरेका थिए।

तर पुस्तक प्रकाशित हुनुअघि नै उनी स्वर्गीय भएपछि परिवारले पहिलो पुण्यतिथिमा दुवै कृति एकैसाथ लोकार्पण गरेको हो। कार्यक्रममा रेग्मीकी पत्नी भगवती रेग्मीले आफ्नो यो आफ्नो पहिलो पाइला भएको बताइन्।

उनले स्वर्गीय पति अच्युतराजले पुर्‍याएकाे योगदानको इतिहास लामो भएको बताउँदै आगामी दिनमा पनि यी र यस्ता शृङ्खलालाई निरन्तरता दिने बताइन्।

उनले भनिन्, 'अच्युतजीका विचार, अनुभव र जीवनदर्शनलाई पुस्तकका माध्यमबाट सम्पूर्ण नेपालीमाझ पुर्‍याउने चाहना भने अब साकार भयो। तर म यत्तिमा रोकिन्नँ। भोलिका दिनमा पनि हाम्रो परिवारले उहाँका कृतिहरु प्रकाशनमा निरन्तरता दिनेछ।'

Ncell 2
Ncell 2
nimb
nimb

लोकार्पण समारोहमा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अच्युतराज रेग्मीले नेपाली कांग्रेसको संगठन विस्तार, लोकतान्त्रिक आन्दोलन र राजनीतिक जागरणमा पुर्‍याएको योगदान अविस्मरणीय रहेको बताए।

उनले देश र लोकतन्त्रका लागि संघर्ष गर्दा रेग्मीले निर्वासनसम्मको कठिन अवस्था भोग्नुपरेको स्मरण गरे। मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले पनि अच्युतराज रेग्मी बाल्यकालदेखि नै राजनीतिक तथा आध्यात्मिक चेत भएका व्यक्तित्व रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनता, मानवता र लोकतन्त्रका पक्षमा उनले खेलेको भूमिका अनुकरणीय रहेको बताए।

उनले अन्तरिम सरकारमा मन्त्रीका रूपमा सँगै काम गर्दाको अनुभव पनि स्मरण गरे। त्यस्तै वरिष्ठ पत्रकार जीवराम भण्डारी, डा. सुरेन्द्र केसी, पशुपति शमशेर राणा, डा.माधव भट्टराई, प्रा. डा. खेम कोइराला बन्धुलगायत वक्ताहरूले रेग्मीको सादगी, लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धता, सफल नेतृत्व क्षमता र कुशल वार्ताकारका रूपमा उनको योगदानको प्रशंसा गरे।

वक्ताहरूले रेग्मीलाई नेपाली राजनीतिक इतिहासका इमानदार, राष्ट्रप्रेमी र लोकतन्त्रप्रति समर्पित नेताका रूपमा स्मरण गरे। दुवै कृतिको सम्पादन होम भट्टराईले गरेका हुन् भने प्रकाशनको जिम्मेवारी भगवती रेग्मीले सम्हालेकी छन्। पूर्वमन्त्री रेग्मी जयतु संस्कृतम् आन्दोलन (नेपालको पहिलो विद्यार्थी आन्दोलन २००४) को एक प्रमुख हिस्सा थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रेग्मी २००९ सालमा नेपालबाट १० सदस्यी टोली (पहिलो बिद्यार्थी प्रतिधिनी मण्डल) मा महाकवी लक्ष्मीप्रसाद देवकोटासहितको १० जनाको टोली रोमानियाको बार्सामा सम्मिलत भयो। यो यात्रा ३ महिनाको थियो। पछि ५ जनाको टोली चिनसम्म पुग्यो। रेग्मी २०१४ सालमा पाल्पाबाट सल्लाहाकार सभाबाट निर्वाचित भएका थिए भने २०१५ सालको पहिलो आमनिर्वाचनमा पाल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

साथै, २०४७ सालमा कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा मन्त्रीका रूपमा पनि उनले महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका थिए। उनका यी दुई कृतिले नेपालको लोकतान्त्रिक आन्दोलन, राजनीतिक इतिहास र सार्वजनिक जीवनलाई बुझ्न खोज्ने पाठकका लागि महत्वपूर्ण दस्तावेजका रूपमा काम गर्ने विश्वास व्यक्त गरिएको छ। माओवादीलाई शान्ति वार्तामा सहभागी बनाउनलाई अन्तरधार्मिक शान्ति संघले भूमिका खेलेको थियो।

त्यसको अध्यक्ष नै रेग्मी थिए। रेग्मीका पत्नि, ३ छोरी र एक छोरा छन्। उनीहरुले बुबाको सपना साकार पार्ने मुख्य उदेश्यले नै पहिलो वार्षिक पुण्यतिथिका अवसरमा दुई कृति लोकापर्ण गरिएको बताए। पहिलो वार्षिकीका अवसरमा बुबाका दुई कृति लोर्कापण गर्दा कैयौँ मान्यजनहरुको उपस्थितीले बुबाको सपना साकार भएको अनुभूती भएको उनीहरुले बताए। परिवारले रेग्मीका अन्य कृतिहरु पनि क्रमश प्रकाशित गर्दै लैजाने पनि उल्लेख गरेको छ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  १७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने?
सम्बन्धित सामग्री
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] पर्वमा आइसोलेट भएर, एउटा कुनामा बसेर किताब पढ्छन् जस्तो मलाई लाग्दैन। कुनै मान्छेसँग सम्बन्धै नराखी, सम्पर्क नै नगरी जंगलमा बसे जस्त... मंगलबार, कात्तिक ३, २०८३
बद्री अर्यालको ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ सार्वजनिक जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग आयोजित एक समारोहबीच दुई पुस्तकको संयुक्त विमोचन गरिएको हो । शुक्रबार, असोज १६, २०८३
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सुरक्षा व्यवस्थापनमै बित्छ प्रहरीको दशैं, मासु पनि खान पाइँदैन ‘सजिलै’ बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्