फाइल तस्बिर
काठमाडौं– गृहमन्त्री सुधन गुरुङ सुनसरीको देवानगन्जमा भएको गोलीकाण्ड र त्यसपछिको सुरक्षा अवस्थाको स्थलगत अनुगमन गर्न बिहीबार साँझ विराटनगर पुगेका छन्।
बुद्ध एयरको जहाजमार्फत विराटनगर विमानस्थलमा अवतरण गरेका गृहमन्त्री गुरुङ सिधै सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
गृहमन्त्रीको भ्रमणलाई मध्यनजर गर्दै मोरङ र सुनसरीमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ। देवानगन्ज पुगेर उनले गोलीकाण्ड भएको घटनास्थलको निरीक्षण गर्नुका साथै सुरक्षा निकायका अधिकारीसँग छलफल गरी पछिल्लो सुरक्षा अवस्था र घटनाको वस्तुस्थितिबारे जानकारी लिनेछन्।
भ्रमणका क्रममा गृहमन्त्रीले घटनामा ज्यान गुमाएका दुवै व्यक्तिका परिवारसँग पनि भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।