जनकपुरधाम– मधेश प्रदेश प्रहरीले सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडप तथा गोली चलेको घटनाको अध्ययन र छानबिनका लागि तीन सदस्यीय समिति गठन गरेको छ ।
प्रहरी स्रोतका अनुसार प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजालको नेतृत्वमा तीन सदस्यीय छानबिन तथा अध्ययन समिति गठन गरिएको हो । सो समितिमा इन्स्पेकटर यज्ञराज भट्ट र असइ गोविन्द झा समेत रहेको छ ।
समितिलाई घटनाको वास्तविक अवस्था, गोली चल्न पुगेको कारण, सुरक्षा व्यवस्थापन तथा समग्र घटनाक्रमको अध्ययन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको प्रहरीले जनाएको छ।
गोलबजारमा भएको साम्प्रदायिक तनावका क्रममा प्रहरीबाट गोली चलेको घटनापछि त्यसको सत्यतथ्य छानबिन गर्न समिति गठन गरिएको हो। समितिले घटनास्थलको स्थलगत अध्ययन, सम्बन्धित पक्षसँग छलफल तथा आवश्यक प्रमाण संकलन गरी प्रतिवेदन बुझाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।