काठमाडौँ– मुखभित्र खैरो हेरोइन लुकाएर नेपाल प्रवेश गर्दै गरेका एक युवक झापामा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाकाअनुसार शनिबार साँझ भारतबाट पैदल नेपाल प्रवेश गरेका झापाको अर्जुनधारा नगरपालिका-९ का २२ वर्षीय अरमान खान शङ्का लागेर जाँच गर्दा निजको मुखमा प्लास्टिकमा पोको पारेको खैरो हेरोइन भेटिएको थियो ।
उनलाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।