इटहरी– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी सभापतिलाई मात्र अधिकार थुपार्दा निरङ्कुसता बढ्न सक्ने खतरा औंल्याएका छन्। मोरङ क्षेत्र नम्बर ३ ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले देश र पार्टी दुवैमा शक्ति विकेन्द्रीकरण आवश्यक रहेको धारणा राखेका हुन्।
_x000D_
_x000D_
यो सरकार शक्ति केन्द्रिकरणको पक्षमा रहेकोले संघीयताको अभ्यास प्रभावकारी बन्न नसकेको उनको तर्क छ। ‘अहिले कांग्रेस कमजोर भएकैले लोकतन्त्र कमजोर भइरहेको छ। जसका कारण देश पनि कमजोर हुँदै गइरहेको छ।’, उनले भने, ‘कम्युनिस्ट समर्थक लेखक प्राध्यापक आफैं यो सरकारको विपक्षमा लागेका छन्। त्यसबाट पनि लोकतन्त्र प्रेमिमा यो सरकार प्रति असन्तुष्टि चुलिँदै गएको छ।’
_x000D_
_x000D_
कांग्रेस भित्रको शुद्धिकरणको सुरुवात कार्यकर्ता स्तरबाट हुनुपर्ने उनको भनाइ छ। ‘सभापति सम्वादहीनताको अवस्थामा बस्ने, कोहीसँग कुराकानी गर्ने पक्षमै उहाँ हुनुहुन्न।’, उनी भन्छन्, ‘छलफल नगर्ने अनी एक्कासी निर्णय गर्न लगाउने गलत काम सभापतिबाट भइरहेको छ।’
_x000D_
_x000D_
कांग्रेसमा केन्द्रीय सदस्यको उम्मेदवार बन्नको लागि पनि क्षेत्रीय प्रतिनिधि जितेर आउनुपर्ने व्यवस्था हुनुपर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।