काठमाडौं– काठमाडौंको कुलेश्वरमा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ।
आइतबार दिउँसो कुलेश्वरमा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर तीन जना कारोबारीलाई पक्राउ गरेको हो।
प्रहरी स्रोतका अनुसार उनीहरूको साथबाट टेपान्डोल नामक २४ हजार ७०० एम्पुल लागऔषध बरामद भएको छ।
प्रहरीले दुई जना नेपाली नागरिक र एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेका एक जना भारतीय नागरिकको खुट्टामा गोली लागेर घाइते भएका छन्।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन दुई राउन्ड गोली चलाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।