काठमाडौं– सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ३०.६० अंकले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार करिब १ अंकले घटेको नेप्सेमा सोमबार उच्च अंकको गिरावट भएको हो ।
अघिल्लो कारोबार दिनको तुलनामा सोमबार १.१७ प्रतिशतले घटेर समग्र नेप्से २५७०.१८ अंकमा ओर्लेर बन्द भएको हो । यसअघि ९ पुस २०८२ मा नेप्से २५८५.८७ अंकमा पुगेको थियो ।
सोमबार कारोबारमा आएकामध्ये २२ कम्पनीको सेयर मूल्य बढ्यो भने २४९ कम्पनीको घट्यो । तर, सो दिन ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।
उक्त दिन कुल ५१ हजार २९५ पटकको कारोबारमा ४ करोड १७ लाख २५ हजार ३२३ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ७ अर्ब ४६ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । गत शुक्रबार सेयर बजारमा ६ अर्ब ८६ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक घटेपछि समग्र नेप्सेमा उच्च अंकको गिरावट भएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।