काठमाडौं– त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकै आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।
उनको हाल वीर अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ । उपचारमा संलग्न प्लास्टिक सर्जन डा. पीयूष दाहालका अनुसार नेपालीको अवस्था गम्भीर रहेको छ ।
५० प्रतिशतभन्दा बढी जलन भएको उनले बताए ।
यस्तै नेपालीको न्यायको माग गर्दै उनको गृहजिल्ला मुगुवासीले काठमाडौंमा प्रदर्शन गरेका छन् । मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीले बिहीबार दिउँसो आत्मदाह प्रयास गरेका थिए ।
उनको न्यायका लागि भन्दै मुगुवासीले अहिले साँझ राहदानी विभागअगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले हातहातमा विभिन्न नाराजडित पप्लेट बोकेर प्रदर्शन गर्दा केहीले नाराबाजी समेत गरिरहेका छन् ।
प्रदर्शनमा मुगुबाट निर्वाचित नेपाली कांग्रेसका सांसद खडकबहादुर शाही पनि सहभागी छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।