विराटनगर - नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली कांग्रेसको अस्तित्व अहिले पनि बलियो रहेको बताएका छन्।
_x000D_
_x000D_
विराटनगर विमानस्थलमा अाज सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा उनले जतिसक्दो पार्टीको महासमितिको बैठक बस्नुपर्ने पर्नेमा जोड दिए। उनले पार्टीभित्र देखिएका गुटबन्दीले गर्दा निर्वाचनमा पराजयको स्थिति भोग्नुपरेको चर्चा गर्दै यसको जस–अपजस नेतृत्वले मात्र होइन सबैले लिनुपर्ने टिप्पणी गरे।
_x000D_
_x000D_
त्यस्तै, नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सरकार सञ्चालन गर्ने जनादेश पाएको वर्तमान सरकार अलमलमा पर्न नहुने तर्क गरे। उनले वर्तमान सरकारको सफलतासँगै राजनीतिक उपलब्धि पनि संस्थागत हुने भएकाले युगान्तकारी परिवर्तन गर्न बनेको संविधान पूर्ण कार्यान्वयन हुनुपर्नेमा जाेड दिए।
_x000D_
_x000D_
नेता गच्छदारले आगामी निर्वाचनमा सफलता हात पार्न नेपाली काङ्ग्रेस अहिलेदेखि नै जनता र कार्यकर्ता माझ जानसक्ने कार्यक्रम तयार गर्नुपर्ने विचार व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।