काठमाडौँ – नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा १० हजार एक सय रुपैयाँले घटेर २ लाख ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन तोलामा ३ लाख एक हजार नौ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १८५ रुपैयाँले घटेर तोलामा ४ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।