काठमाडौं– सरकारले स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सहरुको रात्रिकालीन भत्ता दोब्बरले वृद्धि गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।
यस्तै उनले महिला स्वयम्सेविकाको यातायात खर्च पनि ५० प्रतिशतले बृद्धि गरिएको जानकारी दिए ।
गत भदौ २३–२४ मा भएको जेन–जी आन्दोलनका घाइतेका लागि निशुल्क उपचारका साथै घाइतेको अवस्था अनुसार मासिक भत्ता पनि उपलब्ध गराउन बजेटको व्यवस्था गरिएको उनको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।