काठमाडौं– सरकारले विभिन्न ११ तहको भन्सार दर ७ तहमा सीमित गरेको घोषणा गरेको छन् ।
आगामी आर्थिक वर्ष (२०८३/०८४) को बजेट वक्तव्य वाचन गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले करको सीमामा व्यापक हेरफेर गरिएको जनाएका हुन् ।
उनले कर पारिपालनमा दण्ड नभएर विकासको साझेदार बनाउने नीति सरकारले लिएको बताए । उनले विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज गरिएको घोषणासमेत गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।