काठमाडौँ – कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले हिजो प्रदेश सभामा आफूले जनाएको प्रतिक्रिया स्वाभाविक भएको जिकिर गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै राईले प्रतिपक्षलाई पेलेकाले प्रतिवाद अनिवार्य र स्वाभाविक भएको बताएका हुन् ।
हिजो सभामुखले नीति तथा कार्यक्रममाथि बोल्न समय नछुट्याएपछि राई सिटबाट उठेर दौडँदै रोष्ट्रममा पुगी माइक थुतेका थिए । सो क्रममा मर्यादा पालकलाई हम्मेहम्मे परेको थियो ।
उक्त भिडिओ राख्दै राईले आज संसदको नियम र नियमावलीका आधारमा कोशी प्रदेश सभा नचलेको समेत बताएका छन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।