काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
आज सुन तोलामा पाँच हजार पाँच सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन प्रतितोला २ लाख ९० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २१५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ५ हजार ८० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।