काठमाडौँ – नेपाली काँग्रेस संसदीय दलको बैठक बस्ने भएको छ । बैठक आज बिहान साढे ११ बजे सिंहदरबारमा बोलाइएको नेपाली काँग्रेसले जनाएको छ ।
संसदमा बजेट प्रस्तुत हुने अघिल्लो दिन काँग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठकमा बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट जेठ १५ गते संसदमा प्रस्तुत हुँदैछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।