काठमाडौँ– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक अरी बासले शिष्टाचार भेटवार्ता गरेका छन्।
नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६६ औँ वर्षमा प्रवेश गर्दै गर्दा दुई देशबीचको सम्बन्धलाई औपचारिक रूपमा सुदृढ गर्न कानुनी दस्तावेज निर्माण गरी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ ।
इजरायल सरकारले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमार्फत अन्य मन्त्रालयसँग समेत सहकार्य गरी आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
भेटका क्रममा मन्त्री गौतमले न्यायमा सहज पहुँच सुनिश्चित गर्न मन्त्रालयले नेपालका तीनवटै तहका कानुन एकै प्लेटफर्मबाट प्राप्त हुने गरी डिजिटलाइजेसनको कार्य गरिरहेको जानकारी दिइन् ।
एकीकृत कानुनी सहायता, पारस्परिक कानुनी सहायता, सङ्क्रमणकालीन न्याय र संसदीय मामिलाका विषयमा इजरायल सरकारसँग सहकार्य गर्न नेपाल तत्पर रहेको मन्त्री गौतमले छलफलका क्रममा उल्लेख गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।