• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन १०, २०८३ Sun, Jul 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

परोपकारसँगै पोर्तुगलमा नेपाली खाना प्रवर्द्धन गर्दै सेफ टंक सापकोटा

64x64
नेपाल लाइभ शनिबार, वैशाख २६, २०८३  १८:२९
1140x725

लिस्बन– यो वर्ष  टंक सापकोटा पोर्चुगल आएको ३० वर्ष पूरा हुँदैछ । यो  तीन दशकको यात्राको सम्झना गर्दै सापकोटाले  लिस्बनस्थित कासा नेपालेसा   रेस्टुरेन्टमा आफ्नो मातृभूमिको संस्कृति र खानपान प्रवर्द्धनसंगै परोपकारी अभियान पनि सुरु गरेका  छन्।

आउँदो १२ महिनासम्म, हरेक महिनाको पहिलो बुधबार कासा नेपालेसामा नेपालको हिमाल, पहाडदेखि तराईसम्मका पाक परम्पराहरू झल्काउने  मेनु प्रस्तुत गरिनेछ । साथै  परम्परागत नृत्य र संगीत पनि  प्रस्तुत गरिने छन् ।

सामाजिक उत्तरदायित्वका लागि परिचित सेफ सापकोटाले प्रत्येक साता निश्चित सिटबाट प्राप्त हुने  आम्दानी अनाथ बालबालिकाको लागि काम गरिरहेका एसओएस चिल्ड्रेन्स भिलेजेज पोर्तुगल  र एसओएस चिल्ड्रेन्स भिलेजेज  नेपाललाई प्रदान गर्ने घोषणा गरेका छन् ।

“यो वर्ष म पोर्चुगल आएको ३० वर्ष पूरा हुँदैछ । यहाँ मैले आफ्नो परिवार बनाएँ र रेस्टुरेन्टभन्दा बाहिर पनि विभिन्न  परियोजनाहरू कार्यान्वयन  गरेँ। आफ्नो पेशागत सीप वृद्धिका साथै व्यवसाय र समुदायलाई सक्दो सेवा गर्ने प्रयास गरें," सापकोटाले भने।  पोर्चुगाली जनताले नेपाल र नेपाली प्रति दर्शाएको माया र जन्मभूमिको सानो भए पनि सेवा गर्न मैले यो अभियान सुरु गरेको हुँ," उनले थपे।

पोर्चुगलमा चारवटा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका सापकोटाको ‘फोर्नो दि ओरो’ नामक रेस्टुरेन्ट युरोपका ५० उत्कृष्ट पिजेरियामध्ये १२औं स्थानमा परेको थियो । लिस्बनस्थित उनको  रेस्टुरेन्ट ‘कासा नेपालेसा’ मा गत बुधबारदेखि सुरु भएको  अभियानले नेपाली मौलिक स्वाद र सांस्कृतिक वैभवमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्ने पनि लक्ष लिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

६ मे २०२६ बाट सुरु भएर मे ५, २०२७ सम्म चल्ने  यो श्रृंखलामा प्रत्येक महिनाको पहिलो बुधबार विशेष रात्रिभोज आयोजना गरिनेछ, जसको शुल्क ६० यूरो प्रतिव्यक्ति तोकिएको छ ।

‘यो मेरो लागि एक विशेष पहल हो, जसलाई मैले ठूलो स्नेहका साथ अंगालेको छु,’ सापकोटाले भने । "हामी हाम्रा ग्राहकहरुलाई नेपालको हिमालदेखि तराईसम्मका परम्परागत क्षेत्रीय परिकारहरू पस्कने छौं ।'

एसओएस चिल्ड्रेन्स भिलेज पोर्चुगलकी महानिर्देशक गुइडा मेन्डेस बर्नार्डोले यो अभियानलाई संस्कृति र सामाजिक जिम्मेवारीको प्रेरणादायी संगम भनिन्।   त्यस्तै एसओएस चिल्ड्रेन्स भिलेजेज  नेपालका राष्ट्रिय निर्देशक गङ्गा बहादुर गुरुङले पोर्चुगलमा बसेर कमाएको सीप, सम्मान र श्रोत नेपालका बालबालिकाको हितमा परिचालन गर्ने सेफ सापकोटाको पहलको प्रशंसा गरे।  

गत बुधबार  नेपालबाट आएका ६ जना कलाकारहरूले रोचक संगीत र नृत्य प्रस्तुत गरेका थिए  भने  स्टार्टरदेखि डेजर्टसम्मका परिकारहरू परम्परागत रेसिपीमा आधारित थिए।  सेफ सापकोटाको  गृह गाउँ बाग्लुङको दामेकबाट ल्याइएको सिन्की   र नेपालबाट ल्याइएका अन्य सामग्रीहरूलाई पोर्चुगाली उत्पादनसँग संयोजन गरिएको थियो । कार्यक्रममा नेपालका तस्बिरहरू प्रदर्शन गरिएको थियो भने  तीन चरणको रात्री भोजको  बीचमा  प्रत्यक्ष पर्फर्मेन्सहरु गरिएका थिए।   च्यारिटी डिनरमा लिस्बन महानगरका पूर्व मेयर समेत रहेका पोर्चुगलका पूर्व अर्थ मंत्री फर्नान्डो मेदिना,  पोर्चुगलका लागि नेपालका राजदूत प्रकाशमणि पौडेल लगायत विशिष्ट पाहुनाहरुको उपस्थिति थियो।

राजदूत पौडेलले टंक सापकोटाले आफ्नो क्षेत्रमा नाम कमाउनुका साथै नेपालीको छवि उच्च राख्न पनि योगदान पुराएको बताए । "पोर्चुगलमा बसेर नेपाली खाना, संस्कृति र सम्पदाको प्रवर्द्धन गर्दै आएका सापकोटाले सुरु गरेको वर्ष दिन चल्ने परोपकारी अभियान निकै प्रशंसनीय छ।   यसले  पोर्चुगल र अन्यत्र बस्ने नेपाली उद्यमीहरुलाई पनि नेपालको सक्दो सेवा गर्न प्रेरित गर्नेछ भन्ने हाम्रो विश्वास छ,"  राजदूत पौडेलले भने  ।

सेफ सापकोटा जर्मनी र इटालीमा काम गरेर सन् १९९६ मा पोर्चुगल आएका थिए।  अन्तरराष्ट्रिय  रूपमा सम्मानित उनले सन् २०१९ मा “Knight of the White Truffle” को उपाधि प्राप्त गरेका थिए।  पोर्चुगलमा यो सम्मान पाउने उनी एकमात्र नेपाली हुन्।  पाककला उपलब्धिका साथै उनले धेरै सामाजिक परियोजनाहरू सञ्चालन गर्दै आएका छन्।

प्रकाशित मिति: शनिबार, वैशाख २६, २०८३  १८:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
भारतीय शिक्षामन्त्री प्रधानको राजीनामापछि जन्तर-मन्तरमा खुसीयाली, प्रधानले के भने?
सम्बन्धित सामग्री
कोलकाता-विराटनगर कार्गो रेल सेवा सञ्चालनमा, व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा परराष्ट्र मन्त्रालयका अनुसार २०८३ साउन १ गतेदेखि उक्त मार्गबाट कार्गो ढुवानीको कार्य सुरु भएको हो । शुक्रबार, साउन ८, २०८३
सुनचाँदीको मूल्य घट्यो आज सुन तोलामा पाँच हजार आठ सय रुपैयाँले घटेर २ लाख ८५ हजार ५ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार, साउन ८, २०८३
वैदेशिक व्यापारमा सुधार, तर घाटा झण्डै १८ खर्ब एकातिर कुल व्यापारको आकार हालसम्मकै उच्च विन्दुमा पुगेको छ तर आयात र निर्यातबचिको खाडल झनै गहिरिँदै गइरहेको छ । बिहीबार, साउन ७, २०८३
ताजा समाचारसबै
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति शनिबार, साउन ९, २०८३
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? शनिबार, साउन ९, २०८३
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा शनिबार, साउन ९, २०८३
भारतीय शिक्षामन्त्री प्रधानको राजीनामापछि जन्तर-मन्तरमा खुसीयाली, प्रधानले के भने? शनिबार, साउन ९, २०८३
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा शनिबार, साउन ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, हिंसामा नउत्रिन आग्रह शुक्रबार, साउन ८, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना शनिबार, साउन ९, २०८३
वर्षा-पहिरोले नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्