नयाँदिल्ली(एजेन्सी)– वर्षको चर्चित जोडी भारतीय क्रिकेट कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माले गत ११ डिसेम्बरमा इटलीको फ्लोरेन्सस्थित बोर्गो फिनोसिटो रिसोर्टमा विवाह गरेका थिए।
_x000D_
_x000D_
यी दुई स्टार जोडीबीच कसले बढी पढेका छन्, यो उनीहरूको धेरै समर्थकलाई पनि थाहा नहुन सक्छ।
_x000D_
_x000D_
दुवै आफ्नो विधाका सुपरस्टार हुन्। तर, अनुष्का शर्माले विराट कोहलीभन्दा बढी पढेकी छिन्।
_x000D_
_x000D_
भारतीय अखबार टाइम्स अफ इन्डियाका अनुसार अनुष्काले आर्ट्स विषयमा स्नातक गरेकी छिन् भने इकोनोमिक्समा स्नाकोत्तर गरेकी थिइन्।
_x000D_
_x000D_
अनुष्काले अन्तर्वार्ताका क्रममा भनेकी थिइन्, ‘म स्कुल र कलेजमा टपर हुनेगर्थें। तर, मलाई थाहा थियो, मेरो लक्ष्य मोडलिङ नै हो। म पढाई पूरा भएपछि मात्र मोडलिङमा प्रवेश गर्न चाहन्थें।’
_x000D_
_x000D_
मोडलिङ सुरु गरेपछि धेरैले आफ्नो आमा–बुवासँग यो विषय उठान गरेको उनले बताएकी थिइन्। त्यतिबेला आफ्नो आमा–बुवाको उत्तरको विषयमा उनले भनेकी थिइन्, ‘हो छोरीले मोडलिङ गर्न थालिन्। तर, उनी स्कुलको टपर पनि त हुन् नि।’
_x000D_
_x000D_
मिडिया रिपोर्ट अनुसार विराटले विशाल भारती पब्लिक स्कुलबाट १२ कक्षासम्मको पढाइ गरेका छन्।
_x000D_
_x000D_
१९९८ मा उनी पश्चिमी दिल्ली क्रिकेट एकेडेमीमा समावेश भएका थिए। यसपछि उनले आफ्नो करिअर क्रिकेटमा केन्द्रित गरे। गणित र विज्ञान विषयका शिक्षक विराटलाई ‘ब्राइट एन्ड अलर्ट’ विद्यार्थीका रुपमा चित्रण गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।