काठमाडौं - वर्षाका कारण फेरि रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग बन्द भएको छ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले आज सूचना जारी गर्दै बाढीको सहत बढेको कारण राजमार्ग बन्द गरिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका अनुसार कुषादेवी क्षेत्रमा लगातार वर्षा भई रोशी खोलामा पानीको सतह बढ्न गएको हुनाले बीपी राजमार्गमा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालको लागि सवारी आवागमन पूर्ण रुपमा बन्द गरिएको छ।
प्रहरी कार्यालयले भनेको छ,‘खोलाको बहाव सामान्य भई सडकमार्गमा कुनै अवरोध नभएको अवस्थामा जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले अर्को सूचना प्रकाशन गरी बाटो सुचारु भएको जानकारी गराउनेछ।’
थप जानकारी तथा सूचनाको लागि १०० र १०३ मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।