काठमाडौँ– धोबी खोला किनारस्थित सार्वजनिक जग्गामा निर्माण गरिएको ८ तले भवन भत्काउने कार्य सुरु गरिएको छ। प्र
शासनका अनुसार इन्द्र चाम्लिङले निर्माण गरेको उक्त भवन कित्ता नम्बर ५७७ र कित्ता नम्बर १९१ मा रहेको सार्वजनिक जग्गामा बनाएको पुष्टि भएपछि सो क्षेत्रमा परेको भवनको भागमा डोजर चलाइएको हो।
अहिले प्रहरीले कित्ता नम्बर १९१ सरकारी जग्गा रहेको पुष्टि गर्दै उक्त जग्गामा परेको भवनको भाग भत्काइरहेको छ। भत्काउने क्रममा सुरक्षा व्यवस्थापनका लागि प्रहरी परिचालन गरिएको छ।
उक्त भवन चाम्लिङले व्यापारिक प्रयोजनका लागि भाडामा लगाउँदै आएका थिए। सार्वजनिक सम्पत्तिको संरक्षण र अतिक्रमण नियन्त्रण अभियानअन्तर्गत सम्बन्धित निकायले थप कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।