काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँ घटेर दुई लाख ९५ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ९६ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य भने बढेको छ। शुक्रबार प्रतितोला चार हजार नौ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार १० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रूपैयाँ बढेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।