काठमाडौँ – नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा तीन हजार चार सय रुपैयाँले बढेर दुई लाख ९६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन तोलामा दुई लाख ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १३५ रुपैयाँले बढेर चार हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो बिहीबार चाँदी तोलामा चार हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।