काठमाडौं– सरकारले शनिबार र आइतबार सुकुम्बासी बस्ती खाली गराउने भनेपछि शुक्बारदेखि नै थापाथलीको सुकुम्बासी बस्तीमा आन्दोलन सुरु भएको छ ।
शुक्रबार बिहानदेखि थापाथलीमा सुकुम्बासीहरुले प्रदर्शन सुरु गरेका छन् । यसै क्रममा प्रहरीले थापाथलीबाट संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका अध्यक्ष नारायण परिश्रमीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सरकारले थापाथली लगायतका सुकुम्बासी बस्ती हटाउने भएपछि पीडितहरु बिहानदेखि प्रदर्शनमा उत्रिँदै सरकारको विरोध गरिरहेका थिए । अहिले केही सुकुम्बासी, जेन-जी अभियन्ता र सरोकारवालाहरू दबाब दिन रास्वपा पार्टी कार्यालय हिँडेका छन् ।
यता यसमा प्रतिपक्षी दलहरुका भातृ संगठनहरुले पनि सरकारको उक्त कदमको विरोध गरिरहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।