काठमाडाै–अभिषेक बच्चन र करिश्मा कपुर हालै अबुधाबीमा अनिल कपुरकी बहिनीको छोरा मोहित मारवाहको विवाहको पार्टीमा सँगै देखिए। वैवाहिक कार्यक्रममा दुवैले एक–अर्कालाई देखे। तर, दुवैको व्यवहार सामान्य रहयो। करिश्माले अभिषेककी बहिनी श्वेता बच्चनसँग तस्बिर पनि खिचाइन्।
_x000D_
_x000D_
अभिषेक र करिश्माबीचको प्रेम सम्बन्धको विषयमा सायदै कोही जानकार नहोला। विवाहका लागि कुरा छिनोफोनो भइसकेको अवस्थामा उनीहरूको सम्बन्ध एक्कासी बिग्रिएको थियो। यसको कारण अहिलेसम्म सार्वजनिक भइसकेको छैन्।
_x000D_
_x000D_
अभिषेक र करिश्माको विवाहको घोषणा अमिताभ बच्चनले आफ्नो ६० औं जन्मदिनमा गरेका थिए। त्यतिबेला फिल्मी जगतका दुई ठूला परिवारबीच पुनः सम्बन्ध बन्न लागेको भन्दै मिडियाले लामो समय कभरेज गरेको थियो। सन् १९९७ मा राजकपुरको नाति निखिल नन्दाको विवाह अमिताभकी छोरी श्वेतासँग भएको थियो।
_x000D_
_x000D_
पाँच वर्षसँगै घुमेपछि अभिषेक र करिश्माले विवाह गर्ने निर्णय गरेका थिए। त्यसैले अमिताभले पनि दुवैको विवाहको कुरा छिनोफानो गरिदिएका थिए। तरपनि यी दुईको विवाह सम्भव भएन। कुरा छिनेको केही महिनापछि नै दुवै छुट्टिए।
_x000D_
_x000D_
यिनीहरूको सम्बन्ध समाप्त हुने प्रमुख कारण करिश्माकी आमा बबिता रहेको मानिन्छ। त्यतिबेला चलेको हल्लालाई आधार मान्ने हो भने अभिषेकको करिअरलाई लिएर बबिता आश्वस्त थिइनन्। आफ्नो श्रीमान रणधीर कपुरसँग छुट्टिएर बस्न थालेपछि बबिताले छोरीहरूको हेरबिचार आफैले गरेकी थिइन्। र, उनी पैसालाई निकै महत्व दिने गरेको बताइन्छ। उनी आफ्नो छोरी अभावमा बाचेको हेर्न चाहन्न थिइन्।
_x000D_
_x000D_
त्यतिबेला बच्चन परिवारको आर्थिक अवस्था त्यति ठिक थिएन। अभिताभको प्रोडक्सन हाउस असफल भइसकेको थियो र उनी ऋणमा डुबेका थिए। यो नै बबिताका लागि चिन्ताको विषय थियो। साथै अभिषेकको करिअर त्यतिबेला सुरु पनि भएको थिएन। करिश्मा भने स्थापित भइसकेकी थिइन्। बबितालाई अभिषेकको अभिनय जीवनप्रति शंका थियो।
_x000D_
_x000D_
यसैलाई आधार बनाएर बबिताले अमिताभसँग एउटा सर्त राखेकी थिइन्, जसमा अमिताभले आफ्नो सवै सम्पत्ति छोरा अभिषेकको नाम गर्नु पर्ने थियो। अमिताभले यो प्रस्ताव अस्विकार गरे। जसका कारण दुवैको सम्बन्ध टुँट्यो।
_x000D_
_x000D_
सम्बन्ध बिग्रिनुको अर्को कारण करिश्मालाई अभिनय जीवन समाप्त गर्न बच्चन परिवारले दबाब दिएको र अभिषेकको जीवनमा जया बच्चनको नियन्त्रण भएको पनि बताइन्छ। तर, दुवैको सम्बन्ध बिग्रिनुको आधिकारीक कारण आजसम्म बाहिर आएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।