काठमाडौँ– गृहमन्त्री सुधन गुरुङकाे सम्पत्ति विवरण सार्वजनिक भएकाे छ ।
प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार उनी र उनको परिवारको नाममा ठुलो परिमाणमा जग्गा, विभिन्न कम्पनीका सेयर, बैंक ब्यालेन्स, सवारी साधन र पैतृक सुन रहेको उल्लेख छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विवरणअनुसार चितवनको भरतपुर–१८ मा ३० काट्ठा र गोरखाको चुमनुब्री–३ मा २२१ रोपनी जग्गा रहेको छ ।
त्यसैगरी धनकुटाको कार्कीछापमा १९ रोपनी जग्गा रहेको छ । गुरुङसँग ८९ तोला सुन रहेको छ । गुरुङको सम्पत्ति विवरणअनुसार ६ किलो चाँदी रहेको छ भने नगद करिब ६० लाख रुपैयाँ रहेको छ ।
उनले देखाएको विवरणअनुसार नबिल बैंकमा ५६ लाख २५ हजार ९७६ रुपैयाँ, लक्ष्मी सनराई बैंकमा ५ लाख ३५ हजार ४ सय र सानिमा बैंकमा १ हजार ५७४ रुपैयाँ रहेको छ । यो नगद आम्दानीको स्रोत भने उल्लेख गरेका छैनन् । सुनमा भने पैत्रिक सम्पत्ति भनेका छन् ।
मन्त्री गुरुङसँग शेयर पनि निकै रहेको छ । उनले गरेको लगानीअनुसार होप होल्डिङमा उनको ३० हजार कित्ता अर्थात ३० लाख रुपैयाँ बराबरको शेयर रहेको छ । यो सेयर उनले व्यवसाय र पैत्रिक भनेर उल्लेख गरेका छन् ।
त्यसैगरी, उनले लगुम प्रिमियमा ५७ हजार कित्ता सेयर ५७ लाख रुपैयाँको शेयर रहेको छ । उनले धिताेपत्रमा कारोबार हुने रकम सेयर भनेर २ करोड ७४ लाख ५६ हजार रुपैयाँ रहेको पनि उल्लेख गरेका छन् ।
सम्पत्ति विवरणअनुसार गुरुङसँग ४७ लाख ९९ हजार रुपैयाँमा किनेको एमजी गाडी पनि रहेको छ । यो गाडी भने लगुम प्रिमियम अपार्टमेन्टको नाम रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।