काठमाडौँ– प्रधानमन्त्री बालेन शाहले आफ्नो सम्पत्ति विवरणमा १ करोड ४६ लाख रुपैयाँ नगद रहेको खुलाएका छन् ।
उनले बुझाएको सम्पत्ति विवरणमा सो नगद रहेको खुलाएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणमा उनले सो रकम फेसबुक, युट्युब, टिकटक, स्पोटीफाइ र इन्स्टाग्रामबाट पाएको उल्लेख गरेका छन्।
यस्तै सार्वजनिक भएको विवरण अनुसार, प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा १९० तोला गरगहना रहेको उल्लेख छ ।
सुन, चाँदी, हिरा लगायतका गरगरहना १९० तोला गरगहना रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उक्त सम्पत्ति प्राप्तिको स्रोत ‘पैत्रिक’ रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।