काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा चार हजार तीन सय रुपैयाँले घटेर दुई लाख ९४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार सुन दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५० रुपैयाँले घटेर ४ हजार ८७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। हिजो चाँदी तोलामा पाँच हजार २५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।