काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ २९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ११ पैसा तोकिएको छ ।
युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २१९९ रुपैयाँ ९ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९० पैसा कायम गरिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।