काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७२ सय रुपैयाँले बढेको हो ।
आज एक तोला सुन दुई लाख ९९ हजार रुपैयाँमा करोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो प्रतितोला सुन दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २०५ रुपैयाँले बढेर पाँच हजार २५ रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा ठूलो उछाल आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको आक्रमण तत्कालका लागि स्थगित गर्ने निर्णय गरेपछि बजारमा ऊर्जा संकट र महँगी बढ्ने त्रास केही कम भए पनि लगानीकर्ताहरू सुरक्षित लगानीतर्फ आकर्षित हुँदा सुनको भाउ उच्च विन्दुमा पुगेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।