काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध गैरकानुनी रूपमा मुद्दा चलाइएको भन्दै दायर प्रत्यक्षीकरण रिटमाथि बहस सकिएको छ ।
एमाले अध्यक्षसमेत रहेका ओलीको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासमा भएको थियो ।
यस्तै कांग्रेस नेता लेखकको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा भएको थियो । दुवै रिटमा आजै आदेश आउने छ ।
ओलीका तर्फबाट पत्नी राधिका शाक्य र लेखकका तर्फबाट पत्नी यशोदा लेखकले छुट्टाछुट्टै बन्दी प्रत्यक्षीकरण रिट निवेदन पेस गरेका थिए ।
गत भदौ २३ र २४ गते भएको घटनामा गरिएको जाँचबुझ प्रतिवेदनका आधारमा ओली र लेखक १४ चैतमा पक्राउ परेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।