एजेन्सी– क्यानेडा सरकारले बुधबार देखि लागु हुने गरि प्रतिबन्धित बस्तु गाँस प्रयोगलाईलाई वैधता दिएको छ। यसरी सरकारले नै गाँजा प्रयोगमा वैधता दिने क्यानेडा उरुगे पछिको दोस्रो देश बनेको छ।
_x000D_
आम मानिसको स्वाथ्यमा त्यसले पार्ने असर ,सार्वजनिक कानुन र सुरक्षाको प्रश्नकाबीच क्यानेडा सरकारले राष्ट्रव्यापी रुपमा गाँजाको बजारलाई वैधता दिएको हो। सरकारले लागु गरेको नयाँ कानुन र जनचेतना सहितको सुचना सरकाले १५ मिलियन जनतामाझ पु¥याएको छ।
_x000D_
_x000D_
सरकारले गाँजा प्रयोगमा छुट दिए पनि क्यानेडाको प्रहरीलाई त्यसको प्रयोग र आउन सक्ने चुनौतिको विषयमा तयार हुन समय लाग्ने बताइएको छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
_x000D_
पोर्चुगल र नेदरल्याडले गाँजा प्रयोगलाई अवैधानिक घोषणा गरेको छ भने दक्षिण अमेरिकी देश उरुगे गाँजा प्रयोगलाई वैधता दिने पहिलो राष्ट्रको रुपमा रहेको छ। क्यानेडाको प्रान्तिय सरकार र नगरपालिकाले महिनौ देखि गाँजा प्रयोगलाई प्रतिबन्ध लगाउने तयारी गरेको थियो।
_x000D_
_x000D_
सरकारले गाँजा प्रयोगमा छुट दिए पनि प्रान्तिय सरकारले गाँजा कहाँबाट ल्याउने र कहाँ प्रयोग गर्ने भन्ने क्षेत्रअधिकार तोक्ने बताइएको छ। सरकारको निर्णयसँगै क्यानेडाको न्यूफाउन्ड प्रान्तको सरकारले गाँजा प्रयोगलाई वैधता दिएर क्यानेडामा वैध रुपमा गाँजा बेच्न पाउने पहिलो शहर भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।