काठमाडौँ– सुर्खेतमा सेवाग्राहीसँग सम्बन्धित काम गरिदिने भन्दै बिचौलियाको भूमिका निर्वाह गरिरहेका १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिहीबार बिहान करिब साढे ११ बजे उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार यातायात व्यवस्था कार्यालयबाट १० जना महिला तथा मालपोत कार्यालयबाट ६ जना पुरुष पक्राउ परेका छन्। उनीहरूले सवारी दर्ता किताब नवीकरण, जग्गा नामसारी तथा भू-सेवासम्बन्धी काम गरिदिने भन्दै सेवाग्राहीसँग रकम लिँदै आएका प्रहरीले जनाएको छ ।
मालपोत कार्यालय सुर्खेतबाट
१. जिल्ला सुर्खेत वीरेन्द्रनगर न.पा.१ प्रगतिशील टोल बस्ने वर्ष ३६ को दीपक बहादुर बि.क.
२. ऐ. ३ बस्ने वर्ष ६२ को इन्द्र बहादुर शाही
३. ऐ. १२ बस्ने वर्ष ३३ को प्रदिप खड्का
४. ऐ.लेकवेशी नगरपालिका ३ बस्ने वर्ष ३७ को रमेश दमाई
५. ऐ.बि.न.पा. ५ बस्ने वर्ष २८ को हरिप्रसाद देवकोटा
६. ऐ.१० बस्ने वर्ष ३२ को प्रभाकर शर्मा गौतम
यातायात व्यवस्था कार्यालय सुर्खेतबाट
७. ऐ.११ बस्ने वर्ष ३२ कि रोशमी तिवारी
८. ऐ. ३ बस्ने वर्ष २५ कि लक्ष्मी शाही
९. ऐ.१२ बस्ने वर्ष ३८ कि कुसुम बुढा क्षेत्री।
१०. ऐ.३ बस्ने वर्ष ३४ कि पार्वती योगी
११. ऐ.५ बस्ने वर्ष ३५ कि पवित्रा न्यौपाने
१२. ऐ.११ बस्ने वर्ष ३१ कि दुर्गा शाही
१३. ऐ.६ बस्ने वर्ष २३ कि सम्झना योगी
१४. ऐ.११ बस्ने वर्ष १८ कि रोशनी शाही
१५. ऐ.६ बस्ने वर्ष ३८ कि निर्मला योगी
१६. ऐ.११ बस्ने वर्ष २० की गीता सुनार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।