काठमाडौँ– अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई निगरानी (कालोसूची) मा राखेको छ।
स्रोतका अनुसार उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धान भइरहेको सन्दर्भमा उक्त कदम चालिएको हो।
भट्टको राहदानी कालोसूचीमा राख्न सोमवार सम्पत्ति शुद्धीकरणले अध्यागमनलाई पत्र पठाएको थियो । सो पत्रका आधारमा भट्टको राहदानी कालोसूचीमा राखिएको स्रोतले जानकारी दिएको छ ।
राजनीतिक पहुँच प्रयोग गरी अनुकूल वातावरण सिर्जना गर्दै स्वार्थ अनुसार काम गराउने गतिविधिमा संलग्न रहेको आरोप उनीमाथि लगाइँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।