काठमाडौँ– पक्राउ परेकी नेकपा एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।
सोमबार उनलाई प्रहरीले काठमाडौँको धुमबाराहीबाट पक्राउ गरेको थियो ।
उनले एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेका थियो । शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।