काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतमा आज पुनः सुनुवाइ भइरहेको छ।
महान्यायाधिवक्ता कार्यालयले सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गरेको निर्णयविरुद्ध दायर रिटमाथि बहस जारी रहेको हो।
यसअघि ‘हेर्दाहेर्दै’ मा राखिएको उक्त विषयमा दुवै पक्षको बहस सम्पन्न भइसकेको छ। अदालत स्रोतका अनुसार अब थप सुनुवाइ आवश्यक नदेखिएकाले आजै निर्णय सार्वजनिक हुन सक्ने सम्भावना रहेको छ।
मुद्दा न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमान सम्मिलित इजलासमा विचाराधीन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।