काठमाडौं - कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश खेलकुद विकास परिषद् पुनर्गठन गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले परिषद्को नयाँ पदाधिकारी नियुक्ति तथा सदस्य मनोनयन गर्ने निर्णय गरेको हो ।
बैठकले परिषद्को सदस्य सचिवमा वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेतका रविन्द्र चन्द्रलाई नियुक्त गरेको छ भने उपाध्यक्षमा वीरेन्द्रनगर–५ का प्रमोद हमाललाई जिम्मेवारी दिइएको छ ।
सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहका अनुसार परिषद्का सदस्यहरूमा कालीकोटको खाँडाचक्र नगरपालिका–७ का पंखबहादुर मल्ल, वीरेन्द्रनगर–३ सुर्खेतकी भीमकुमारी भुसाल, हुम्लाको चंखेली गाउँपालिका–४ का गोर्खबहादुर शाही, दैलेखको दुल्लु नगरपालिका–८ का पवनकुमार थापा र वीरेन्द्रनगर–४ सुर्खेतका किरणकिशोर सापकोटालाई मनोनयन गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।