एजेन्सी– दुई हत्याको अभियोगमा जेल सयाज भुक्तान गरिरहेका भारतका रामपाल बाबालाई आजीवन जेल सजाय सुनाइएको छ। हरियाणास्थित हिसार अदालतले उनलाई यो सजाय सुनाएको हो। गएको अक्टोबर ११ मा उनलाई चार महिला र एक बच्चाको हत्या आरोपमा दोषी पाइएको थियो।
_x000D_
_x000D_
हिसार अदालतले रामपालसहित उनका २६ अनुयायीहरुलाई दोषी ठहर गरेको छ। उनीविरुद्ध परेको आरोपको सुनुवाइको क्रममा अदालत अगाडि ठूलो संख्यामा सुरक्षा व्यवस्था बढाइएको थियो। रामपाललाई आजीवन जेल सजायका अलावा एक लाख रुपैयाँ तिर्न पनि अदालतले आदेश दिएको छ।
_x000D_
_x000D_
रामपाललाई सुनाईएको सजायमा एक महिला भक्तको हत्याको आरोप छ जसको लास उनको सतलोक आश्रमबाट २०१४ को नोभेम्बरमा बरामद गरिएको थियो।
_x000D_
_x000D_
रामपाललाई लगाइएका दोस्रो आरोप उनका भक्त पुलिस प्रशासनसँग मुडभेडमा जानु हो जसका कारण १० दिनसम्म चलेको आन्दोलनका कारण ४ महिला र एक बालकको मृत्यु भएको थियो। ६७ वर्षीया रामपाल र उनका अनुयायी २०१४ नोभेम्बर देखि जेल सजाय भुक्तान गर्दै आएका छन्।
_x000D_
_x000D_
रामपाललाई जेल सजाय सुनाएपछिको अवस्थामा हरियाणाको हिसार सहरमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। हिसार सहरमा भारतीय संविधानको धारा १४४ लागू गरिएको छ। त्यहाँ हुनसक्ने सम्भावित हिंसालाई मध्यनजर राख्दै सहरमा कडा सुरक्षा व्यवस्था अपनाइएको छ।
_x000D_
_x000D_
रामपालललाई १८ दिनसम्मको लगारार प्रयासपछि हरियाणा पुलिसले रामपाललाई पक्रिन सफल भएको थियो। उनलाई पक्रिन हरियाणा राज्य सरकारको ५० करोड भारतीय रुपैयाँ खर्च भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। यस्तै उनलाई पक्रिने क्रममा ६ जानको ज्यान गएको र २ सय ५० भन्दा बढी मान्छे घाइते भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।