चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले राति ९ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाएको छ।
_x000D_
_x000D_
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अनुमतिप्राप्त पसलले मात्र मदिरा बिक्री गर्न पाउने जनाएको छ। विजयादशमीलाई लक्षित गरी प्रशासनले सूचना जारी गरेको हो। प्रशासकीय अधिकृत रामचन्द्र ढकालद्वारा जारी गरिएको विज्ञप्तिमा चाडपर्वलाई अनुशासित तरिकाले मनाउनका लागि आग्रह गरिएको छ।
_x000D_
_x000D_
लोकमार्गका होटलबाहेक अन्य होटल राति १० बजेपछि बन्द हुनुका साथै मनोरञ्जनात्मक कार्यक्रम पनि १० बजेपछि बन्द गर्नुपर्ने स्थानीय प्रशासनले जनाएको छ। जुवातास र कौडा खेल्ने, खेलाउनेलाई कडा कारवाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ।
_x000D_
_x000D_
विज्ञप्तिमा भनिएको छ, “विशेष चाडपर्व सुरक्षा योजनाअनुसार जिल्लाका सबै स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको पहुँच विस्तार गरिएको छ।”
_x000D_
_x000D_
रासस
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।