काठमाडौँ–अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बैंक तथा वित्तीय क्षेत्रका प्रमुख नियामक निकायका नेतृत्वसँग भेटघाट तथा छलफल गरेका छन्।
अर्थ मन्त्रालयमा सोमबार आयोजित उक्त भेटमा मन्त्रालयका राजस्व सचिव भूपाल बरालको पनि उपस्थिति रहेको थियो।
छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेल तथा नेपाल धितो पत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ सहभागी भएका थिए।
भेटका क्रममा अर्थमन्त्री खनालले समष्टिगत आर्थिक स्थायित्व कायम राख्ने, लगानीमैत्री वातावरण निर्माण गर्ने, पुँजी बजारलाई पारदर्शी र आकर्षक बनाउने तथा आर्थिक सुशासन सुदृढ पार्ने कार्यमा नियामक संस्थाहरूले निर्वाह गरेको भूमिकाप्रति आभार व्यक्त गरे।
त्यसै अवसरमा सम्बन्धित निकायका प्रमुखहरूले पनि अर्थ मन्त्रालयसँगको सहकार्य सकारात्मक र उपयोगी रहेको उल्लेख गर्दै बैंक तथा वित्तीय क्षेत्रको विकास तथा वित्तीय अनुशासन सुदृढ बनाउन मन्त्रालयले अपनाएका नीतिगत मार्ग निर्देशनका लागि अर्थमन्त्रीप्रति धन्यवाद व्यक्त गरेका थिए।
उक्त जानकारी अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता टंकप्रसाद पाण्डेयले सार्वजनिक गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।