काठमाडौँ– नेकपा एमालेले समानुपातिकमा पाउने सिट अनुसार १६ जना सम्भावित सांसदको सूची निर्वाचन आयोगलाई बुझाएको छ ।
सम्भावित सांसदहरूको सूची आइतबार निर्वाचन आयोगलाई बुझाएको केन्द्रीय निर्वाचन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए ।
एमाले जनजाति क्लस्टरबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, कुलभक्त शाक्यलाई सांसदका लागि सिफारिस गरेको छ ।
त्यस्तै महिलातर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बरालको नाम सिफारिस गरेको छ ।
पुरूषतर्फ गुरुप्रसाद बराल, पुष्पराज कँडेल, थारू पुरूषबाट कृपाराम राना, दलित महिलाबाट विष्णुमाया विक र नीता घतानी र मधेसी महिलामा रिङ्ला यादव तथा यशोधा कुमारी यादव, मधेसी पुरूषतर्फ चन्द्रेश्वर मण्डल र मुस्लिमबाट साजिदा सिद्धिकीलाई सिफारिस गर्ने शनिबार बसेको सचिवालय बैठकले गरेको थियो ।
ती नामहरू आइतबार बुझाएको नेता आचार्यले बताए।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।