काठमाडौँ– गाेरखामा तीर्थयात्री बोकेको माइक्रो बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
मनकामना मन्दिर दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्री बोकेको माइक्रो बस दुर्घनामा परेकाे हाे ।
शहिद लखन गाउँपालिका–३ कान्टारमा बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस सडकबाट करिब डेढ सय मिटर तल खसेको हो ।
घटनास्थलमा ६ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । उनीहरूकाे सनाखत हुन बाँकी छ । अन्य ८ जनाको उद्धार गरिएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।