काठमाडौँ– नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
प्रतिनिधि सभा निर्वाचनको परिणाम सार्वजनिक भइसकेपछि काँग्रेसले पहिलोपटक कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।
समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनौटका लागि बैठक बोलाइएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
उनका अनुसार बैठक आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपमा बस्ने छ । काँग्रेसले चैत पहिलो सातासम्म केन्द्रीय कार्यसमिति बैठक पनि बोलाउने तयारी गरेको बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।