काठमाडौं– जेनजी आन्दोलन घटना जाँचबुझ गर्न गठित आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रतिवेदन सार्वजनिक नभए अर्को विद्रोह हुनसक्ने कुरा प्रधानमन्त्री सुशीला कार्कीलाई प्रस्ट भनेको बताएका छन्।
प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रतिवेदन सार्वजनिक गरेर सरकारले कार्यान्वयन गर्नुपर्ने बताए।
उनले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरू सबै हुनुहुन्थ्यो। उहाँहरूलाई मैले भनेको छु, प्रतिवेदन सार्वजनिक गर्नुस्, त्यसपछि कार्यान्वयनमा जानुपर्यो। सार्वजनिक गरिएन भने जेनजीका युवाहरूको अर्को आन्दोलन आउनसक्छ। नत्र त्यो सामान गर्न तयार हुनुस् कि सार्वजनिक गर्नुस् भनेको छु।’
प्रधानमन्त्रीले सार्वजनिक गर्ने बताएपनि कहिलेसम्म भन्ने नभनेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।